पोखरामा दुई छुट्टाछुट्टै दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। स्कुटरले पैदल यात्रीलाई र बसले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएको हो ।
पैदल यात्री सहित स्कुटर चालक घाइते
स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा चालक सहित दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका -१४ छिनेडाँडा स्थित ग १५ प ४८२ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
पोखरा महानगरपालिका- १५ निराजन चोक बस्ने ७० बर्षीय पैदल यात्री गंगा प्रसाद क्षेष्ठ र चालक रोशन के .सी घाइते भएका छन् । १८ वर्षीय के .सी पोखरा महानगरपालिका -१४ छिनेडाँडामा बस्र्दै आईरहेका थिए ।
दुर्घटनामा दुबैको स्वस्थ्य अवस्था सामान्य रहेको र घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्कुटर चालक घाइते
बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएका छन् । पोखरा महानगरपालिका -१६ महेन्द्र गुफ स्थित दुर्घटना भएको हो ।
ग १ ग १५२ नम्बरको बसले लु ६९ प ८२८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटना पोखरा महानगरपालिका -२ बाग्लुङ बसपार्क बस्ने १९ वर्षीय गोकर्ण के.सी सामान्य घाईते भएका छन् । केसीलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो