पोखरा – मंगलबार पोखराका ३२ सहित गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १९२ जनामा गरिएको परीक्षणमा थप ३८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका तीन जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १७२ जनामा गरिएको परीक्षणमा पोखरा -३१ मा सबैभन्दा धेरै १० जना संक्रमित फेला परेका छन् भने, पोखरा -४ मा १ जना, पोखरा -५ मा १ जना, पोखरा -११ मा १ जना, पोखरा – १७ मा २ जना, पोखरा -५ मा १ जना, पोखरा -७ मा १ जना, पोखरा – ८ मा ४ जना, पोखरा -९ मा १ जना, पोखरा -११ मा १ जना, पोखरा -१४ मा २ जना, पोखरा -१७ मा २ जना, पोखरा -२१ मा १ जना, पोखरा -३० मा २ जना, पोखरा -१६ मा १ जना, पोखरा -१७ मा १ जना र पोखरा -३१ का ८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै आज नै बाग्लुङ -८ का १ जना र म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -४ का ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशानालयले जनाएको छ ।
आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ४०७ पुगेको छ । जसमा २३३ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार ९ सय ६९ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी