बालुवाटारमा प्रधानमन्त्री र जसपा नेताहरुबीचको छलफल ‘सकारात्मक’

बालुवाटारमा प्रधानमन्त्री र जसपा नेताहरुबीचको छलफल ‘सकारात्मक’

jasapa-and-pm-oli

प्रधानमन्त्री केपी शर्मा ओली र जसपाको शीर्ष नेताहरुबीच भेटघाट भएको छ ।

विभिन्न मागहरुसहित सत्ता समीकरणका विषयमा छलफल गर्न मंगलवार बिहान जसपाका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीचको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीसँग भेटेका जसपाले आफ्ना मागहरु पूरा गर्न बालुवाटार सकारात्मक भएको भन्दै भेटघाटलाई निरन्तरता दिएका हुन् ।

त्यस्तै जसपाले आफ्ना मागहरु सम्बोधन भए सरकारमा सहभागी हुने सकिने जवाफ दिएका छन्। जसपाले निर्वाचित सांसद रेशम चौधरीलाई रिहाइ गर्नु पर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका मागहरु जसपाको रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ