मेलम्चीको पानी एक जनालाई ७५ लिटर !

मेलम्चीको पानी एक जनालाई ७५ लिटर !

melamchi

काठमाडौँ– खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ ।

हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो ।

२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ ।

दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ