स्थानिय एकजुट हुँदै संरक्षण समिति गठन गरेपछि संरक्षण हुन पुगेको खास्टे तालमा यसै वर्ष ‘खास्टे ताल महोत्सव’ आयोजना गरिदैंछ । तालको संरक्षण र सम्बद्र्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक खास्टे ताल महोत्सवको तयारीमा स्थानीय जुटेका हुन् ।
‘खास्टे न्यूरेनी जाँउ तालमा रमाऔँ’ भन्ने मुल नाराका साथ पोखरा-२६ लेखनाथमा महोत्सव यही चैत १२ गतेदेखि २२ गतेसम्म खास्टे र न्युरेनी तालमा हुनेछ । कोरना भाइरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभएको र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने भएकाले न्यूरेनीताल किरानाको खरानेफाँटमा महोत्सवको आयोजना गरिएको खास्टे तथा न्युरेनी ताल संरक्षण समितिका अध्यक्ष हरि प्रसाद अधिकारीले बताए ।
उनले महोत्सव सफल पार्नका लागि ताल संरक्षण समितिसगं आवद्ध सात सय ३२ आजीवन सदस्य र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिसहित १ हजार ५ सय १ सदस्य मुल समारोह समिति गठन गरिएको बताए । खास्टे ताल किनारको खरानेफाँटमा हुने महोत्सवमा वालउद्यानसँगै मनोरन्जनात्मक गतिविधि समेत हुने छ ।
अध्यक्ष अधिकारीले तालको संरक्षण गर्दै स्थानीयको आय आर्जनका लागि माछा पालन समेत गरिदै आएको बताए। मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको ताल संरक्षणको लागि तत्कालिन लेखनाथ नगरपालिकाले माटोको ड्याम(अर्धन) लगाएको थियो । तालको सिमांकन गरी ड्याम निर्माणपछि संरक्षणको पहल थालिएसँगै स्थानीयले सहकारी मार्फत व्यवसायिक माछापालन हुदैं आएको छ ।
खास्टे र गुँदें तालबाट सहकारीले व्यावसायिक उत्पादन लिईसकेका छन् । २०७३ माघमा खास्टे कृषि तथा मत्स्य सहकारी संस्था दर्ता भई व्यावसायिक माछापालन शुरु गरिएको हो । जालोयुक्त ताललाई सफाई गर्दै समितिले व्यवसायिक माछापालन गरेपछि तालको स्वरुपै परिवर्तन भएको दावी समितिले गरेको छ ।
तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् । खास्टेको क्षेत्रफल ३ सय रोपनी छ । पोखरा–२६ अन्तर्गत लेखनाथ क्षेत्रका तीनवटा ताल एउटै वडामा छन् । गुँदे, खास्टे र न्युरेनी तालको संरक्षण अनिवार्य भईसकेको छ ।
खास्टे ताल किनारमा सहकारी मार्फत पालिएको माछाको परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिने छ । न्युरेनी ताल विशेष गरी चराचुरुङ्गी अध्ययन स्थलको रुपमा विकास गरिने उनको भनाई थियो ।
रामसारमा सूचीकृत भईसकेको अवस्थामा ताल किनारमा पाईने जैविक विविधता संरक्षणलाई समेत महोत्सवले सहयोग पुर्याउने विश्वास उनको थियो ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो