पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरामा कोरोना संक्रमण फैलिएको छ । भारतको बोर्डरसम्मको एजुकेशनल टुरका कारण अहिले डब्लूआरसी कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बन्न पुगेको हो ।
आज ३५ जनासहित ७६ जनामा पोजिटिभ नतिजा आएको छ । चैत ४ गतेदेखि नै क्याम्पस बन्द गरिएको छ । घोषित परीक्षाहरु पनि सरेको छ । अहिलेसम्म क्याम्पसमै क्वारेन्टिन बनाएर संक्रमित विद्यार्थीलाई राखिएको छ भने नतिजा नेगेटिभ आएका विद्यार्थीलाई घर पठाइएको छ । चौथो सेमेस्टरका विद्यार्थी र संक्रमितहरुलाई बाहेक अरुलाई घर जान सक्ने र क्वारेन्टाइनमा बस्न पनि सुझाएको छ । कोभिड पोजिटिभ विद्यार्थीलाई खाना बाहेक दैनिक १ सय रुपैंया खुराक खर्चका रुपमा १५ दिनसम्म दिने निर्णय पनि क्याम्पसले गरेको छ ।
कसरी भित्रियो डब्लूआरसीमा कोरोना ?
कोरोना भाइरसको दोस्रो लहर चलिरहेको भारतको सीमावर्ती पुगेर फर्केका विद्यार्थीबाट क्याम्पसमा कोरोना फैलिएको आशंका गरिएको छ। त्यहाँबाट फर्केपछि नै विद्यार्थीहरुमा संक्रमण देखिन सुरु भएको हो ।
एक विद्यार्थीका अनुसार जियोम्याटिक्सका ४२ जना विद्यार्थीसहित केही शिक्षक जनकपुर, बिराटनगर लगायका भारतीय सीमावर्ती क्षेत्रमा भ्रमणमा गएका थिए । उनीहरु फर्केपछि भ्रमणमा सहभागी एक विद्यार्थी रुघा, खोकी र ज्वरोले थलिए । त्यसपछि कोरोनाको आशंकामा कोभिड परीक्षण गर्दा चैत १ गते नतिजा पोजिटिभ आयो । अहिलेसम्म संक्रमितको संख्या ७६ पुगिसकेको छ । ७५ जना विद्यार्थी हुन् भने १ जना शिक्षक हुन् ।
एक जनामा पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य डेढ दर्जनको स्वाब परीक्षण गराउँदा चैत २ गते नै थप ७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती ७ जनाको पनि सम्पर्कमा रहेकाहरु १ सय १९ जनाको स्वाब लिँदा ३२ जनाको रिपोर्ट पोजिटिभ आयो । आज फेरि ३५ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ६४० जनाको स्वाब परीक्षण भइसकेको जनाइएको छ ।
क्याम्पसमा विद्यार्थी, शिक्षक, कर्मचारी गरी करिब २ हजार रहेकोमा होस्टलमै ४ सय जना बढी बस्छन् । अहिले विभिन्न तहका विद्यार्थीलाई बिदाई कार्यक्रम चलेकाले झनै बढी फैलिएको आशंका गरिएको छ ।
परीक्षा स्थगित
यस्तै, क्याम्पसमा गत वर्षदेखि नै स्थगित भएको परीक्षा सञ्चालन तयारीको अन्तिम अवस्थामा आएर फेरि स्थगित भएका छन्। चैत ३ गतेदेखि स्नातक तहका सबै वर्षका परीक्षा सञ्चलन गर्ने परीक्षा नियन्त्रण महाशाखाको तयारी थियो। सुरुमा ७ दिनको मात्र स्थगित गरिएकोमा झनै अवस्था विकराल बन्दै गएपछि सबै परीक्षा स्थगित गरिएको छ ।
परीक्षा नियन्त्रण महाशाखाका डिन प्रा.डा. ज्ञानबहादुर थापाले विद्यार्थीमा देखिएको कोरोना भाइरसले महामारीको रूप लिन सक्ने भएकाले सबै परीक्षा स्थगित गरेको विज्ञप्ति मार्फत जनाएका छन् ।

पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लूआरसी) कोरोनाको हटस्पट ! ८ जनामा संक्रमण, परीक्षा स्थगित
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो