पोखरा – सोमबार पोखराका थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज पोखराका ५९८ जनामा गरिएको परीक्षणमा पोखरा महानगर वडा नं -१६ का विभिन्न उमेर समुहका ३० जना पुरुष सहित पोखराका थप ४३ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै आज नै गण्डकीका थप दुई जिल्ला स्याङ्गजामा १ जना र बाग्लुङमा १ जना गरी जम्मा ४५ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका ४५ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ३ सय ६९ पुगेको छ, जसमा २०८ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय ५६ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा २०५ जनाले ज्यान गुमाईसकेका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ