पदयात्रा पर्यटनमा सन् १९८१ देखि चासो र चर्चामा रहेर पनि पछिल्ला समयमा ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धन एवं अखिल नेपाल पर्यटन मजदूर सङ्घ गण्डकी, कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रवद्र्धनात्मक पदयात्रा गर्न लागिएको हो । पर्यटन मजदूरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा दुई रात तीन दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदूर सङ्घ कास्कीका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिए ।
पुरानो पदमार्ग भएर पनि सो मार्गमा व्यवस्थित चिया तथा खाजा खाने ठाउँ, होटेललगायत पूर्वाधार नभएका कारणपछि परेको उनले बताए । ‘अन्नपूर्ण हिम श्रृङखरासहितका हिमाली एवं पहाडी दृश्यलाई एक साथ अवलोकन गर्न सकिने यो पदमार्गमा पदयात्रा गर्दा अधिकतम दुई हजार ९०० मिटरको उचाइसम्म पुग्न सकिन्छ’ ।
घलेखर्कदेखि माथि गुराँसैगुरासको जङ्गल भएका कारण चैत वैशाखको समय यस क्षेत्रको पदयात्रा निकै मनोरम हुने पर्यटन व्यवसायी बताए । सम्भावना भएर पनि ओझेलमा परिरहेका पर्यटकीय गन्तव्यलाई पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै आएको बोर्डको प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।
जथाभावी मोटरबाटो खन्ने क्रमसँगै पदयात्रा पर्यटन सङ्कटमा पर्दै गएका अवस्थामा पछि परेका अवस्थामा पुरान ऐतिहासिक पदमार्गको प्रवद्र्धन र उत्थान गर्न खोजिनुलाई सकारात्मक रुपमा लिइएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो