भारतमा एकै दिन थपिए ४७ हजार कोरोना संक्रमित, २१२ जनाको मृत्यु

भारतमा एकै दिन थपिए ४७ हजार कोरोना संक्रमित, २१२ जनाको मृत्यु

corona death india

reuters image

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज (सोमवार) जानकारी दिएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमितको यो संख्या यसवर्ष शुरु भएयताको नै सब भन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमवार सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds