रोनाल्डो निराश, युभेन्ट्स घरमै पराजित

रोनाल्डो निराश, युभेन्ट्स घरमै पराजित

juventus ronaldo sad

साविकको विजेता टोली युभेन्ट्स इटालियन सिरी ए फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको हो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा बेनेभेन्टोलाई जित दिलाउन अन्डोलफो गैचले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको टिमका लागि उनले खेलको ६९ औं मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए ।

यो हारसँगै युभेन्ट्सले शीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । लिगमा २७ खेल खेलेको युभेन्ट्सको ५५ अंक छ ।

युभेन्ट्स तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टरको ६५ अंक छ भने दोस्रो स्थानको एसी मिलानको २८ खेलबाट ५९ अंक छ । बेनेभेन्टो २९ अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ