सेती नदीमा भेटिएको शवको पहिचान खुलेन

सेती नदीमा भेटिएको शवको पहिचान खुलेन

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ ।

अन्दाजी ४० र ५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । “अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्रयाक लगाएका छन्,” उनले भने, “पाँच फिट जति उचाइ छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds