भारतमा कोरोना दोस्रो लहर: मध्यप्रदेशका तीन शहरमा आजदेखि लकडाउन

भारतमा कोरोना दोस्रो लहर: मध्यप्रदेशका तीन शहरमा आजदेखि लकडाउन

india-lockdownn

कोरोना भाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ–ठाउँमा ब्यारिकेड लगाइएको छ ।

बिहान ९ बजेसम्म मानिसहरुको आवतजावत नरोकिएपछि प्रहरी कडाइ सुरु गरेको थियो । सोधपुछपछि अनुमति प्राप्तहरुलाई मात्र जान दिइएको थियो । विमानस्थल र रेलवे जानेहरुले दुई गुणा बढी भाडा तिर्नुपरेको थियो । इन्दौरको रियल चोकमा काम बिना सडकमा निस्कनेहरूलाई प्रहरीले पिटिरहेको तस्विरहरू सार्वजनिक भएका छन् ।

भोपालमा शनिबार रातिदेखि नै लकडाउन सुरु भएको थियो । आइतबार त्यहाँ पनि अस्पताल र मेडिकलबाहेक सबै पसल बन्द रहेका थिए । लकडाउनका दौरान धारा १८८ लागू गरिएको छ । अर्थात् बिना कारण घरबाट निस्कनेलाई पक्राउ गर्ने अनुमति दिइएको छ ।

जबलपुरमा लकडाउनमा कडाइ गर्दै ३४ वटा चेकप्वाइन्ट स्थापना गरिएको छ । सडकमा १५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ