पोखरामा नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने मुस्ताङका बिपिन पक्राउ

पोखरामा नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने मुस्ताङका बिपिन पक्राउ

arraested

पोखरा – नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिंडिरहेका एकजनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार अन्दाजी ५ :३० बजेको समयमा पोखरा महानगरपालिका -१४ स्थित निर्माणधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गर्दै हिंडिरहेका मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं -४ बस्ने १८ वर्षीय बिपिन लगुन बिकलाई नियन्त्रणमा लिईएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

बिकले विमानस्थलभित्र नेपाली सेनाको हुलियामा पसेर शंकास्पद हर्कत गरेपश्चात विमानस्थलको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गर्दा उनी नेपाली सेनामा कार्यरत नभएको पत्ता लागेपछि सेनाले नियन्त्रणमा लिएर अनुसन्धानका जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

सेनानी दर्जाको दर्ज्यानी चिन्हसहितको पोशाक, बुट, श्री भगवतीदल गण पोखरा लेखिएको १ थान परिचय पत्र लगायत फ्लाई रोज लेखिएको कालो रङको नक्कली वाकिटकी रेडियो १ थान सेटसहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds