हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।
हिमाली पदयात्राका लागि दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा गस्ती परिचालन गरिएको हो । जिल्लाको भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरीका साथै पर्यटन प्रहरीसमेत परिचालन भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । यात्राका क्रममा कुनै असहज स्थानमा नजान र सुरक्षा आवश्यक पर्नासाथ नजीकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवामा खबर गर्न पर्यटकलाई आग्रह गरिएको छ ।
३८ अपराध मुद्दा
यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लाभित्र भएका अपराधलगायत घटनाको विवरण सार्वजनिक भएको छ । जिल्लामा ३८ घटना भएको र ती सबैको मुद्दा कानूनी दायरामा पुर्याउन नेपाल प्रहरी सफल भएको छ ।
कानूनी दायरामा लगिएका मुद्दामा भवितव्य ज्यान दश, आत्महत्या पाँच, बहुविवाह र सवारी ज्यान तीनतीन, फुटकर ज्यान दुई, जबर्जस्ती करणी, करणी उद्योग र शरीर बन्धक कर्तव्य ज्यान एकएक तथा अन्य सार्वजनिक अपराध १२ छन् । करीब ४३ हजार जनसङ्ख्या रहेको जिल्लामा सुरक्षा व्यवस्था मजबुत पार्न मातहतको चौकीलाई थप सजग गराउनाका साथै अलावा विशेष गस्तीसमेत अगाडि बढाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
यस्तै कोभिड– १९ को प्रभाव शून्यमा झरेसँंगै पासाङ्ल्हामु राजमार्गमा बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापन मजबुत पारिएको र नक्कली इजाजतपत्र बनाई सवारी चलाउनेमाथि निगरानी बढाइएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले बताए।
हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठूलो सवारी साधन गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पासाङल्हामु राजमार्गमा एसी तथा डिलक्स बस यातायात कार्यालयको दर्ताविना सञ्चालन गरेको पाइएकाले नियमानुसार प्रक्रिया पूरा गराउन एक महिनाको समयावधि प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते