काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”
पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उनले बताए । भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्ति जनाएका छन् ।
“कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।”
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते