कोरोनाको भयावह अवस्था अहिले छैन । कोरोना हटेर नडराएको होइन, कोरोना संक्रमण पहिलो जस्तो छैन र जाँच पनि पहिलेझैं हुँदैन । कोरोना संक्रमणको दर पछिल्लो समय कम देखिए पनि जोखिम कायमै रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ । नेपालमा कोरोनाको दोस्रो लहरको त्रास छ । विश्वमा कोरोनाभाइरसको नयाँनयाँ प्रजाति देखापरेको छ ।
भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि नाइट कर्फ्यू जारी गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेकाले नेपालमा त्यसको प्रभाव देखिन सक्ने भन्दै आवतजावत र जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् बताउँछन् । समुदायमा कोरोना संक्रमण दर कम भए पनि स्वास्थ्य सुरक्षामा हेलचेक्य्राइँ गर्नेहरूको संख्या बढेको छ । मास्क लगाउनेको संख्या पनि घट्दै गउको छ ।
संक्रमित दर कम भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको संख्यामा कमी आएको छैन । कोरोना संक्रमण भएर कात्तिकमा ६१, मंसिरमा ५७, पुसमा २७, माघमा २८ र फागुनमा ३० जना आइसियुमा भर्ना भएका थिए ।
नेपालमा कोरोनाविरुद्धको खोप भित्रिए पनि सर्वसाधारणको पहुँचमा खोप पूर्णरुपमा पुगेको छैन । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुको विकल्प नभएको जनस्वास्थ्यविद् बताउँछन् ।
पोखरामा शुक्रबार एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि
पोखरामा पछिल्लो पटक सबैभन्दा धेरैमा कोरोना स.क्रमण पुष्टि भयो । शुक्रबार एकैदिन थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरको वडा नम्बर १६ का ३० जनासहित ११ वटा वडाका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ३ सय नाघेको छ । प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या झण्डै १६ हजार छ ।
डब्लूआरसी कोरोनाको हटस्पट
ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौरको ब्याचलर ब्वाइज् होस्टलमा कोरोना फैलिएको छ । श्रोतका अनुसार ४० जना विद्यार्थीहरु संक्रमित भइसकेका छन् । चैतको पहिलो दिन एक जनाको परीक्षण गराएकोमा उनलाई पोजिटिभ देखिएको थियो ।

त्यसपछि भोलिपल्ट स.क्रमितको संख्या ८ पुग्यो । अहिले लक्षण देखिएकाहरु र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको जाँच गराउँदा ४० जना पुगेको हो ।
पोखरा १६ का ३० जना पुरुषहरु विद्यार्थीहरु नै हुन् । अहिले डब्लूआरसी होस्टल कोरोनाको हटस्पट बनेको छ ।
पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लूआरसी) कोरोनाको हटस्पट ! ८ जनामा संक्रमण, परीक्षा स्थगित
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन