केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव एमाले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले फागुन २८ गतेको निर्णय अनुमोदन गरेको हो ।
बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजन कमिटी गठन गरेको र आयोजक कमिटीको अध्यक्षमा केपी ओली र महासचिवमा इश्वर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिस्कार गरेको सो बैठकमा भएका निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने भनिएको थियो ।
फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । माओवादीबाट मिसिन आएका २३ जनालाई केन्द्रीय कमिटीमा समेट्दै महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकले २६४ केन्द्रीय सदस्यको कार्य विभाजनको प्रस्ताव गर्न विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बाहेकका पद निलम्बन गर्दै महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो ।
पार्टी हित विपरितको काम गरेको भन्दै बैठकले माधवकुमार नेपाल पक्षका ५ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । माधव नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी बिरुद्ध काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते