आरोही पूर्णिमा श्रेष्ठ अन्नपूर्ण फस्ट हिमाल आरोहणका लागि निस्केकी छिन्। गोर्खा आरुघाटकी स्थायी बासिन्दा पूर्णिमालाई शुक्रबार नै गण्डकी प्रदेश सरकारले सफलताको कामनासहित बिदाई गरेको छ।
उनलाई प्रदेश सरकारले आर्थिक सहयोग हस्तान्तरण गर्यो। पत्रकार समेत रहेकी श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ८ लाख सहयोग प्रदान गरेका हुन्। पूर्णिमा शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका पुगेकी छिन् । अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।
श्रेष्ठले सगरमाथासँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन्।सफलतासँगै उनको नाममा पहिलो महिला सफल आरोहीको किर्तिमानी रहनेछ। रेकर्ड कायम गराउन खोज्ने प्रदेशकै चेलीलाई प्रोत्साहन गर्नकै लागि गण्डकी सरकारले यो सहयोग गरेको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले बताए।
२९ वर्षीया पूर्णिमाले यसअघि मनास्लु, सगरमाथा र आमादब्लमको सफल आरोहण गरिसकेकी छन्। कारोबार दैनिकमा सात वर्षदेखि फोटो पत्रकार रहेकी उनले सन् २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा, २०१९ मा अमादब्लमको सफल आरोहण गरेकी हुन् ।

आफ्नै अगाडि अग्ला हिमशिखर देखेपछि हिमालतिर आकर्षित गोरखा आरुघाट गाउँपालिका घर भएकी उनले चौथो आरोहण यात्रा गर्न लागेकी हुन् । मनासलु ट्रेक उनकै गृहनगर आरुघाट हुँदै जाने हो । उत्तरतिर फर्कँदा गणेश हिमाल आँखै अगाडि देखिन्छ ।
‘मैले पहिलोपटक नै गण्डकी प्रदेशमा रहेको असजिलो मानिने मनास्लुबाट आरोहण थालेँ, ४ वर्षअघिको त्यो निर्णय गर्दा मसँग आरोहणको अनुभव नै थिएन’, पूर्णिमाले भनिन्, ‘अहिले मसँग हिम्मत छ, कुनै महिला नपुगेको र आफ्नै प्रदेशको हिमाल भएकाले पनि योपटक आरोहण गर्न लागेकी हुँ।’
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण अहिलेसम्म गरेका छैनन् । उनलाई सेभेन समिट ट्रेक्स एण्ड एक्स्पिडिसनको १७ सदस्यीय टोलीले साथ दिनेछ। निकै कठीन मानिने अन्नपूर्ण शिखर चुम्ने पहिलो नेपाली महिला बन्ने सपनासहित उनी त्यसतर्फ जान लागेकी हुन्।
उनलाई आरोहणमा सघाएका पेम्बा शेर्पाका अनुसार आरोहण करिब एक महिनामा सक्ने लक्ष्य छ। तर, मौसम र आरोहीको अवस्थाले नै लक्ष्य निर्धारण गर्ने उनले सुनाए। उनका अनुसार योपटक अघिल्ला वर्षहरुभन्दा धेरै टोलीले अन्नपूर्ण आरोहण गर्दैछन्। तीमध्ये अधिकांश विदेशी छन्।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो