नेकपा नै बिघटन भयो, कास्की-२ खाली भयो, अर्को निर्वाचन गर्नुपर्छ: गगन थापा

नेकपा नै बिघटन भयो, कास्की-२ खाली भयो, अर्को निर्वाचन गर्नुपर्छ: गगन थापा

nelta-newss

पोखरा । नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री गगन कुमार थापाले कास्की निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा खाली भएकाले अब छिट्टै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् ।  नेकपा विघटन भएसंगै नेकपाबाट निर्वाचित भएकाको सांसद पद पनि गुमेको भन्दै अब सांसद मान्न नसकिने स्पष्ट पारे । यसको सोझो अर्थ, विद्या भट्टराईलाई सांसद मान्न नसकिने उनको अभिव्यक्ति हो ।

नेपाली कांग्रेस निकट नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवं अधिवेशन उद्घाटन गर्दै नेता थापाले उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सबै सांसद र स्थानीय निकायका जनप्रतिनिधिको पद गुमेको बताए ।

अब आफ्नो क्षेत्रको सांसद छान्ने अधिकार यहाँकै जनताको भएको उनले बताए । उनले कांग्रेसले वर्तमान प्रधानमन्त्री ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेको भन्दै नेकपा विसर्जन भइसकेकाले अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक हैसियत नभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीको मृत्यु भएको भन्दै नेता थापाले आफूले शोक व्यक्त गरे पनि नेकपाकै नेता कार्यकर्ताले शोक मनाउनुको साटो लोकगीत बजाएर नाचगान र लड्डु खाने काम गरेको टिप्पणी गरे ।

उनले कम्युष्टिको भाग लिएर कांग्रेस धेरै समय सत्तामा बस्न नहुने भन्दै अहिले एउटा महान अवसर आएको र यो अवसरलाई कांग्रेसले सही ढंगले सदुपयोग गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टीले आफ्नो निर्णय गर्न ढिलाई गरेको भन्दै उनले ओलीलाई समर्थन गरे पनि या कांग्रेस माओवादी जसलाई समर्थन गरे पनि छिटो निर्णय गर्नुपर्नेमा जोड दिए । ‘कसलाई समर्थन गर्ने हो या आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुपर्यो’, उनले भने, ‘जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ ।’

कांग्रेसले सरकारको नेतृत्व गरेर देशलाई चुनावमा लैजानुपर्ने बताए । नेता थापाले कांग्रेसले सरकारको नेतृत्व गरेर दायाबायाँ नगरिकन जनतालाई सुशासन दिने, संविधानलाई लिकमा ल्याउने र देशलाई चुनावमा लैजाने काम मात्रै गर्ने स्पष्ट पारे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ