पोखरामा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि, शुक्रबार थप ४७ जनामा कोरोना पुष्टि

पोखरामा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि, शुक्रबार थप ४७ जनामा कोरोना पुष्टि

pokhara corona update 1

पोखरा – केही समय कोरोना संक्रमणको दर स्थिर रहेको गण्डकीमा शुक्रबार एकैपटक ठूलो संख्यामा संक्रमित फेला परेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकी तीन जिल्ला कास्की, बाग्लुङ र स्याङ्गजाका जम्मा २३० जनाको परीक्षणमा कास्कीको पोखरा महानगरका ४७ सहित बाग्लुङ जिल्लाका २ जना गरी थप ४९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यो संगै, कास्कीमा मात्र कोरोना संक्रमितको संख्या ८०६८ पुगेको छ ।

आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ३ सय १० पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या पनि बढेर १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ९ सय २५ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा ज्यान गुमाउनेको संख्या २०५ पुगेको निर्देशनालयले जनाएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds