पोखरा महानगरपालिका वडा नं. ७ मासबारका शालिकराम पन्त सबेरै उठेर बाहिर निस्कँदा गाडी नदेख्दा तीनछक परे । हिजो राति ९ बजेतिर पार्किङ गरेर घरभित्र पसेका थिए । तर बिहान उठी हेर्दा गाडी नै भेटेनन् ।
मूलघर पर्वत भएका उनको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चोरी भएको हो । पन्त मासबारमा पसल सञ्चालन गर्दै आएका छन् । उनले आफूले लक पनि गरेको भन्दै चाबी पनि अहिले आफूसँगै रहेको बताए ।
उनले बिहानै गाडी हराएपछि प्रहरीलाई घटनाबारे जानकारी गराइसकेका छन् । प्रहरीले अनुसन्धान र खोजी कार्य सुरु गरिसकेको जनाएको छ । हराएको उक्त सवारी खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
उक्त गाडी देख्नेले नजिकैको प्रहरी चौकीमा वा मोवाईल नं ९८५६०१२२००मा खवर गरिदिनुहुन सवारी धनी पन्तले अनुरोध गरेका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ