प्रधानमन्त्रीलाई पम्फा भुसालको सुझाव – ‘मिडियाको कार्टुन हेर्नुस्’

प्रधानमन्त्रीलाई पम्फा भुसालको सुझाव – ‘मिडियाको कार्टुन हेर्नुस्’

pampha-bhusal-parliament

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिडियाको कार्टुन हेर्न नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले सुझाएकी छन्। प्रतिनिधि सभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा  राजीनामा दिने अपेक्षा आफूले गरेको बताइन्।

‘सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ ? अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?’, भुसालले भनिन्, ‘प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं। नैतिक जिम्मा लिने संस्कृति विकास गरौं। त्यो लोकतन्त्रको अभिन्न अंग हो।’ उनले मन्त्रीहरूलाई नेताहरूको अन्ध समर्थन नगर्न आग्रह गरिन्।

उनले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको केपी ओली पक्षका सांसदहरूको उपस्थितिप्रति व्यङ्ग्य कसिन्। ‘हामी मर्‍यौं। त्यही प्रतिगमन ठिक हो भनेर उपस्थित हुने साथीहरूलाई पनि बधाई भन्न चाहन्छुु’, भुसालले भनिन्।

उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरिन्। साथै प्रधानमन्त्री ओलीको काम इतिहासमा कालो अक्षरले लेखिने बताइन्। उनले प्रधानमन्त्रीलाई थोरै आलोचना सहन सुझाइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ