चल्छ आरन, चल्दैन जीवन

चल्छ आरन, चल्दैन जीवन

aaran

मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौर गाउँका ५४ वर्षीय तुलाराम विकले सानै उमेरदेखि पुख्यौली पेशा अङ्गाल्दै आएका छन् । उनको मात्र गाउँमा आरन व्यवसाय छ । उन गाउँभरिका कृषि औजार सहित हातहतियार बनाउछन् । उनको यस्तो काम दैनिकरुपमा वर्षैभरि चलिरहन्छ । उनको जीवन यस पेशाबाट वर्षभरि नभई वर्षमा मुस्किलले एक दुई महिनामात्रै चल्दै आएको छ । गाउँभरि एकमात्र उहाँको यस व्यवसाय रहेकाले आम्दानी पनि राम्रो नै छ ।

उनले भने ,“परिवारको जीवनसमेत राम्रोसँग नै होला भन्ने सोच जो कसैको हुनुसक्छ । व्यवसाय गाउँघरमा चलिरहेकै पनि छ । ” व्यवसायबाट भने आम्दानी राम्रो हुन नसक्दा अर्थात् अभै पनि अन्नबाली ९बालीघरे प्रथा० मै काम गर्नु पर्दा काम गरेबापत अन्नबाली पाउने भएकाले त्यस अन्नबालीले पर्याप्त नहुने उनले गुनासो गरे । उनले भने,“वर्षभरि यस गाउँलेका हषिया, कुटो, कोदालो, बञ्चरोलगायत कृषि औजार बनाएबापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात ९धान, मकै, कोदो० लिँदै आएको छु । त्यही पनि वर्षको दुई चार पाथीकै भरमा ।”

उनले गाउँभरिका औजारको काम यसरी नै गर्दै आएको वर्षौं वर्ष भयो । उनले भने, “आफ्ना बाबु बाजेदेखि चलिआएको पुख्यौली पेशा लोप हुन नदिन यस पेशा गर्दै आएको छु । जीवन चलाउन भने समस्या नै समस्या हुँदै आइरहेको छ ।” अहिलेको आधुनिक प्रविधि तथा गाउँघरमा समेत तयारी औजारका सामग्री आउने गरेकाले समेत आरन व्यवसाय नै सङ्कटमा पर्दा झन समस्या हुन थालेको उनको भनाइ छ । यहाँ अचेल धेरै कम मान्छेहरु मात्र आउने गर्दछन् ।

त्यही पनि हषिया, कुटो, कोदालोको धार लगाउनका लागि । गाउँका केही केहीले कहिले काही औजारमा धार लगाइदिए बापत पैसा दिने गरे पनि त्यो निकै कम हुने उनले दुखेसो गरे । आरन व्यवसायी विकले भन्नुभयो, “एउटा हँसियामा धार लगाए भने, ५ दश रुपैयाँभन्दा बढी दिँदैन त्यही पनि यसरी पैसा दिएर काम लगाउने निकै कम छन् ।”

दैनिक चलाउन यस पेशाबाहेक गाउँलेका खेतीपातीसमेत गर्ने गरेको भए पनि आम्दानी राम्रो नहुँदा दैनिक गुजारा चलाउन पनि हम्मेहम्मे परिरहेको छ । यसरी काम गरेर जसोतसो उनले आफ्ना एक श्रीमती, २ छोरा र ३ छोरी गरी आफूसहित सातको परिवार धान्दै आएका छन् । उनले भने, “हाम्रो सम्पत्तिको नाममा यही जहान मात्र छ ।

बस्ने जग्गासमेत आफ्नो नाममा छैन । यहाँ करिब २ दशकदेखि जङ्गल फँडानी गरेर जस्तापाताले बेरेर बस्दै आएको उनले बताएका छन् । उनि त केवल एक प्रतिनिधि मात्र हुन्, उनिजस्तै यहाँका ग्रामीण भेगका दलित समुदायको बेथा पनि उस्तै छ । परम्परादेखि चलिआएको बालीघरे प्रथा अझै हट्न नसक्दा जीवन समेत सहज रुपमा अघि बढ्न सकेको छैन । गाउँपालिका वडा नं. ४ का ३७ वर्षीय सुन्दर विक, वडा नं.९ का ४२ वर्षीय प्रेम विकले पनि बालीघरे प्रथामा आरन व्यवसाय गर्दै आएका छन् । यस पेशाबाट जीवन चलाउन मुस्किल भइरहेको उनिहरुको भनाइ छ । जीवन नचले पनि आफ्ना पुख्यौली पेशाको संरक्षणको लागि भएपनि बालिघरे प्रथामा चित्त बुझाउँदै अघि बढिरहेको आरन व्यवसायी सुन्दर विकले बताएका छन् ।

मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले भने, “यस गाउँपालिकाका अधिकांश गाउँमा मकै, धान, कादोमै औजारको काम गर्ने गरेका छन् । ” यस्ता पेशा अङ्गाल्दै आएकामा चेतनाको कमीले गर्दा पनि समाजमा अझै बालीघरे प्रथा कायम रहिरहेको उनको भनाइ छ । गाउँका मान्छेले उनीहरुलाई पैसा दिएर काम गर्न लगाए पनि पैसाभन्दा अन्नबाली नै रोज्ने तथा खोज्ने र लिने गरेकाले पनि उनीहरुको जीवन सहजरुपमा चल्न नसकेको गाउँपालिका उपाध्यक्ष विकको भनाइ छ ।

परम्परागतरुपमा यस्ता पेशा अङ्गाल्दै आएका उनीहरुलाई आधुनिकरण र व्यवसायीकरण गर्दै अघि बढाउने योजनामा गाउँपालिकाको रहेको छ । उनले भने, “विस्तारै गाउँपालिकाको सबै वडा समेटेर दुई स्थानमा कृषि औजार निर्माण उद्योग सञ्चालन गर्ने तयारीमा रहेको छ ।”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds