खनाल–नेपाल समूहसँग एकता हुनसक्छ- प्रचण्ड

खनाल–नेपाल समूहसँग एकता हुनसक्छ- प्रचण्ड

prachanda-madhav-jhalanath-narayankaji

पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाकयुद्ध चलिरहेको छ । त्योभन्दा पनि ठुलो एमालेभित्र पनि दुई खेमा ओली पक्ष र माधव समुहबीच वाकयुद्ध चल्दै आइरहेको छ ।

यसलाई केन्द्रमा राखेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खनाल–नेपाल समूहसँग एकता हुनसक्ने बताएका छन् ।

आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत कदमविरुद्ध आन्दोलन गरिरहेका खनाल नेपाल समूहसँग पार्टी एकता हुने संकेत गरेका हुन् ।

उनले केही दिन अगाडि माधव पक्ष एमालेमा विद्रोह गर्न गएको बताएका थिए । माधव पक्षसँग एकता भएर अगाडि बढ्ने संकेत उनले बारम्बार दिदै आइरहेका छन् । उनले नेकपा एमाले फुट्न सक्ने संकेत गर्दैछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ