भारतमा आज नयाँ कोराना भाईरसबाट संक्रमित हुनेहरुको सँख्या ३५ हजार ८ सय ७१ पुगेको छ। यो सँख्या गत ३ महिनामा सबैभन्दा बढी हो। नयाँ कोरोना भाईरसबाट सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन। त्यहाँ कूल संक्रमित मध्ये ६५ प्रतिशत भएको पाईएको हो।
भारतमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको मानिएको छ। भारतमा कोरोना भाईरसको दोश्रो लहरले धेरै मानिसहरुको ज्यान जान सक्ने अनुमान गरिएको छ। अनुसन्धानकर्ताहरुले कोरोनाको दोश्रो लहर पहिलोभन्दा ज्यादा खतरनाकतथा ज्यान लिने खालको साबित भएको जनाएका छन। युरोप समेत विश्वभरका ६४ देशमा कोरोना महामारीको दोश्रो लहर सम्बन्धमा गरिएको अध्ययनबाट यस्तो आंकलन गरिएको हो।
युनिभर्सिटी अफ सिडनी र युनिभर्सिटी अफ सिन्हुवाले अमेरिकातथा युरोपमा कोरोनाबाट भएको मृत्यूको विश्लेषण गरेको थियो। यस्तै स्पेनिस फ्लु र कोरोनाबाट भएको मृत्यू बारे पनि विश्लेषण गरिएको थियो। यसप्रकारको अध्ययनपछि जुन देशमा कोरोना भाईरसको दोश्रो लहर आयो त्यँहा भयाबह स्थिति हुने आंकलन गरिएको छ।
भारतमा कोरोनाले फेरि एकपटक तिब्र रुपमा महामारीको संकेत देखाएको छ। महाराष्ट्रमा सबैभन्दा बढि संक्रमित रहेका छन। जसको कारण नागपुर र अकोला समेत कयौं जिल्लामा लकडाउन लगाईएको छ। यस्तै पुनादेखि औरङ्गाबादमा रात्री कर्फ्यू जारी गरिएको छ। मध्य प्रदेशको भोपाल र ईन्दौरमापनि रात्री कर्फ्यू लगाईएको छ। कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या बढेपछि भारतमा फेरि सर्वसाधारणहरुको जीवन सामान्य हुन नसक्ने संकेत देखिएको छ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो