पोखरा । रुपा गाउँपालिकामा नेविसंघले आफ्नो शाखा विस्तार गरेको छ । बिहीवार रुपाकै सबैभन्दा ठूलो विद्यालय पृथ्वी रुपामा नेविसंघले आफ्नो शाखा विस्तार गरेको हो ।
सम्झना सुनारको अध्यक्षतामा रुपा ६ को पृथ्वी रुपामा नेविसंघ इकाइ समिती गठन गरिएको हो । समितिको
उपाध्यक्षमा अमन गुरुङ र सुसान्त ज्ञवाली । सचीवमा सपना सुनार यसैगरी सहसचिव शिशिर लामिछाने र
कोषाध्यक्ष विनिता परियार चयन भएका छन् ।
यस्तै सदस्यमा दिपा अलि, अविशेक सुनार, पारस सुनार सहित ९ जना सहितको समिती गठन गरिएको हो ।
संगठन विस्तारको कार्यक्रममाको अध्यक्षत नेविसंघ रूपा ६ का सभापती सुमन सुबेदी र प्रमुख अतिथि( नेविसंघ कास्की १ का क्षेत्रीय सभापती सागर रानाभाट विशिष्ठ अतिथि बिमान प्रधान, राजीव भण्डारी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाभाटले रुपाकै ठूलो स्कुलमा नेविसंघको शाखा विस्तार गर्नु ठुलो उपलब्धि रहेको दाबी गरे । उनले भ्रष्ट ओली सरकारदेखि रुष्ट विद्यार्थी आफै नेतृत्वमा आउन कदम चालेको धारणा राखे ।
विशिष्ठ अतिथि राजीव भण्डारी र विमान प्रधानले नेविसंघले संगठन विस्तार मात्र नभई विद्यार्थीको हक र अधिकारबारे पनि लड्ने बताए । कार्यक्रमको सञ्चालन निरोज लामीछानेले गरेका थिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो