च्याम्पियन्स लिग : चेल्सी र बार्यन सहजै क्वाटरफाइनलमा

च्याम्पियन्स लिग : चेल्सी र बार्यन सहजै क्वाटरफाइनलमा

Chelsea

इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी भयो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

चेल्सी सन् २०१३ र १४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार्यन पहिलो लिगमा ४-१ ले विजयी भएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्यनका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चोपोउ माटिङले एक-एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।

खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा म्याक्सिमले गोल गरेपछि बार्यनले २-० को अग्रता लियो ।

८२औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काए पनि बार्यन २-१ ले विजयी भयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ