गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा संगीतसंघर्ष गरिरहेका सुनिल गायकको नयाँ गीत “कहिले भईन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा एक कार्यक्रमका बिच उक्त भिडियो सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा रोहन असिफ र जानकी थापाको अभिनय रहेको छ । साराङ्गी म्युजिक स्टुडियोको प्रस्तुती र सुनिलकै शब्द संगीतमा बनेको म्युजिक भिडियोको छायाँकन पोखराको काहुँडाँडा र लेकसाइडको पेरिफेरिमा गरिएको हो । नेत्र गुरुङ म्युजिक भिडियोका निर्देशक हुन् । प्रेम कथामा आधारित म्युजिक भिडियोमा रोहनलाई एक संगीतकर्मीको भूमिकामा प्रस्तुत गरिएको छ ।
जानकी भने रोहनकी प्रेमिका हुन्छिन् । भर्खरै संगीतमा उदाउँदै गरेको रोहनलाई एउटा म्युजिक कम्पनीबाट अनुबन्धित भएको खबर आउँछ । त्यसलाई सुनाउन रोहन जानकीलाई भेट्न पुग्छन् । जहाँबाट म्युजिक भिडियोलाई उठान गरिएको छ । म्युजिक भिडियोको कन्सेप्ट समेत नेत्रकै हो । रोहनले जानकीलाई समय उपलब्ध गराउन नसकेर टुटेको प्रेमिल कथालाई म्युजिक भिडियोमा देखाउन खोजिएको आभाष हुन्छ । गीतको अडियोलाई राम्रो बनाउने काम साहिल गायकले गरेका छन् ।
पोखराको पुरानो रेकर्डिङ स्टुडियो नमस्ते रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा साहायक निर्देशनको भूमिकामा सबिन गायक छन् । पब्लीसिटी डिजाईनर सँगै म्युजिक भिडियोका कलाकार समेत रहेका सबिनले छायाँकनको पाटोमा समेत नेत्रलाई सघाएका छन् । गीतमा पुकार पुनको समेत अभिनय रहेको छ ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार विनोद बानियाँले पोखराबाट पछिल्लो समयमा आशा लाग्दा गीतहरु सार्वजनिक भएको बताए । “केही समय अगाडि पोखरामा टीम अभावका कारण काम गर्न मुस्किल पथ्र्यो, अहिले पनि उक्त समस्या कताकता भेटिन्छ । तर पहिलेको तुलनामा भन्दा कम छ ।
सिमित बजेटमा पनि पोखराबाट राम्रो म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका पात्र निर्देशक नेत्र गुरुङ हुनुहुन्छ ।”, उनले भने । निर्देशक नेत्र गुरुङले म्युजिक भिडियोलाई छायाँकन गर्न दुई दिन समय लगाएको बताए । पोखराबाट पनि राम्रो म्युजिक भिडियो छायाँकन गर्न सकिन्छ भन्ने उद्देश्य स्वरुप आफु निरन्तर लागिपरेको उनको भनाई थियो ।
म्युजिक भिडियोको दुनियाँमा पोखरा विस्तारै उठ्दै गएको तर्क उनले गरे । मोडल रोहन असिफले काठमाडौंले पोखरालाई सँधै चेपुवामा पार्न खोजेको अभिव्यक्ति राखे । उनले अब पोखरामा बसेर संगीतकर्म गरिरहेकाहरु एकजुट हुने बेला आएको बताए । म्युजिक भिडियोमा आफुले अभिनय गर्न पाउँदा खुशी लागेको उनको भनाई थियो ।
सुनिल गायकले आगामी समयमा पनि गीतसंगीत पस्कदै जाने प्रतिबद्धता व्यक्त गरे । यसअघि “तिम्रो अभाव, सम्बन्ध, के खाई देको छु र, कति माया” जस्ता गीत सार्वजनिक गरेका सुनिल छिट्टै “माया तिम्रै हुनी, मुटु भरि माया” जस्ता गीत लिएर आउँदैछन् । जानकी थापाले भने यसअघि “म जुन बनि दिन्छु र तिमीलाई पर्खी बसे” गीतमा अभिनय गरिसकेकी छिन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक [भिडियो]
‘ईश्वर’को ‘पूरा भयो सपना मेरो’ [भिडियो]
‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी