नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गुटबन्दी सुरु गरेको बताएका छन्। सानेपामा सुरु भएको माधवकुमार नेपाल समूहको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पार्टीसँग सल्लाहबिना उहाँ अघि बढ्नु भयो। निर्वाचन घोषणा पत्रमा देशसामु गरेका कुनै पनि प्रतिवद्धतालाई केपी ओली सरकारले लागू गर्न सकेनु, उनले भने, निर्वाचनको प्रतिवद्धता अनुसार बजेट लागु गर्न पनि सक्नु भएन। पार्टीका विचार र भावनालाई लागु गर्न सक्नु भएन।
उनले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए। ओलीले भ्रष्टाचारीलाई संरक्षण गर्ने कुरा अगाडि सारेु, उनले भने, तीन चार सयभन्दा मानिसहरु विभिन्न तहमा नियुक्त भए। पार्टीले भनेका र योग्य मानिसहरु क्षमतावान मानिसहरु नियुक्ति गरिएन। आफ्ना धुपौरेहरुलाई नियुक्ति गरे। जनताले समेत केपी ओलीलाई दुत्कारे।
उनले ओलीले नै पार्टीमा गुटबन्दी सुरु गरेको आरोप लगाए। केपी ओलीले नै गुटबन्दी सुरु गरेका हुन्। मदन भण्डारी फाउन्डेसन चलाएर गुट चलाएु, उनले भने, ओलीले विभाजनतर्फ लानु भएको छ। हामीले त्यसलाई रोकेर जवाफ दिनुपर्छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते