च्याम्पियन्स लिग :रियल मड्रिड र म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

च्याम्पियन्स लिग :रियल मड्रिड र म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

real madrid

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गर्दै सिटीले समग्रमा ४-० को जित हात पारेको हो ।

सिटीले पहिलो लेगमा पनि २-० कै जित हात पारेको थियो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएना र इल्के गुन्डोगानले एक एक गोल गरे ।

खेलको १२औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन ।

सिटी लगातार चौथो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस्तै मोन्चेनग्लाडबाकविरुद्ध दुई गोल गर्दै सिटीले यश सिजन सबैखाले प्रतियोगितामा गरेर १०१ गोल गरेको छ ।

रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा रियलले १-० को जित हात पारेको थियो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जामा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा ब्न्जामाको यो ७०औं गोल हो ।

६०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् ।

८३औं मिनेटमा एट्लान्टाका लुइसले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको रियल ३६औं पटक युरोपियन कप/च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ