काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ बर्षीया सन्तोषी श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ ।
हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । सिंहले भने– ‘हत्या गरेको २४ घण्टा नबित्दै हामीले आरोपीलाई पक्राउ गरेका छौं ।’
सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो । पति सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् । लागुऔषध सेवन कर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय विवाद थियो । लकडाउन शुरु भएपछि उनी जोरपाटीस्थित माइतीघरमा बस्न थालेकी थिइन् ।
सोमबार सानेपास्थित सहकारीमा किस्ता तिर्न जाँदा उनी बल्खु स्थित घरमा छिरेकी थिइन् । आफ्ना बुवालाई फर्निचरको काम गर्न भक्तपुर पठाएर सन्तोषले योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
श्रीमतीको हत्यापछि उनको सिक्री, बाला र मुन्द्रा सन्तोषले निकालेका छन् । उनको साथबाट सुनका गहना र पत्नीले सहकारीमा तिर्न लगेको मध्ये ११ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते