काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । मंगलबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेताहरूबीच आरोप- प्रत्यारोप चलेको छ।
बैठकमा सहभागी केही नेताहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन्। त्यसपछि बैठकमा चर्काचर्की भएको थियो। ‘अहिलेको परिस्थितिको मुख्य जिम्मेवार राष्ट्रप्रमुख र सरकार प्रमुख नै हुनुहुन्छ। तपाईंहरूले यसलाई सुर्धानुस्’, बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेका थिए।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गरेर के भयो ? भनी प्रश्न गरेका थिए । प्रधानमन्त्री केपी ओलीले घुमाउरो रुपमा फेरि विघटन जानुपर्ने संकेत गर्दै ताजा जनादेश नै उत्तम निकास हुने तर्क राखेका थिए। प्रधानमन्त्रीले आफूलाई घेराबन्दी गरेर फेरि काम गर्न नदिए फेरि आफू विघटनमा जाने चेतावनी दिएपछि दल आक्रोशित भएका थिए।
सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिले आफूलाई चिन्तित बनाएको बताउँदै दलहरुलाई मिलेर निकास खोज्न आग्रह गरेकी छन् । प्रधानमन्त्रीको भनाई उदृत गर्दै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भने–‘प्रधानमन्त्रीले फेरि ताजा जनादेशमा जानुपर्ने जस्तो कुरा निकाले ।’
छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री स्वयम् संसदीय दलको नेता भएकोले सदन चलाउन खै पहल गरेको भन्ने कुरा राखेको नेता पौडेलले जानकारी दिए । छलफलमा राष्ट्रपतिलाई संसद विघटन पहिले पनि यसरी नै सर्वदलीय बैठक राख्नुपर्थ्यो भनेर आफूले कुरा राखेको पौडेलले बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका अन्य दलका नेताहरूले संसद विघटन गर्ने कदमलाई सर्वोच्च न्यायलयले खारेज गर्दै पुनर्स्थापना गरिसकेको अवस्थामा संसदभित्रैबाट समाधान खोज्नुपर्ने धारणा राखेका थिए। दलीय झगडाको झोंकमा हठात् संसद विघटन गर्ने प्रधानमन्त्रीको गलत कदम सच्चाएको भए आज यो अवस्था आउने थिएन भन्दै विपक्षी नेताहरूले आक्रोश व्यक्त गरेका थिए।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै राष्ट्रपति भण्डारीले बैठक डाकेकी थिइन्। बैठकमा उनी बाहेक महिला सहभागिता थिएन। बैठकमा पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल भने सहभागी भएनन् ।
यी हुन बैठकमा सहभागी नेताहरू:
केपी शर्मा ओली- नेकपा एमाले
ईश्वर पोखरेल- नेकपा एमाले
सुवासचन्द्र नेम्वाङ- नेकपा एमाले
विष्णु पौडेल- नेकपा एमाले
रामबहादुर थापा- नेकपा एमाले
शेरबहादुर देउवा- नेपाली कांग्रेस
रामचन्द्र पौडेल- नेपाली कांग्रेस
विमलेन्द्र निधि- नेपाली कांग्रेस
शशांक कोइराला- नेपाली कांग्रेस
पुष्पकमल दाहाल- नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ- नेकपा माओवादी केन्द्र
देव गुरुङ- नेकपा माओवादी केन्द्र
महन्थ ठाकुर- जनता समाजवादी पार्टी
उपेन्द्र यादव- जनता समाजवादी पार्टी
राजेन्द्र यादव- जनता समाजवादी पार्टी
राष्ट्रिय जनमोर्चा- चित्रबहादुर केसी
राप्रपा- डा. प्रकाशचन्द्र लोहनी
प्रेम सुवाल- नेपाल मजदुर किसान पार्टी
खिलराज रेग्मी- मन्त्रिपरिषद् अध्यक्ष
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर