विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को असर न्यून हुँदै गएको बेला पोखराको एक क्याम्पसका विद्यार्थी भने नराम्ररी प्रभावित भएका छन् । पोखराको लामाचौर स्थित ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसको पुरुष छात्रावासमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ ।
कोभिडको आशंकामा स्वाब परीक्षण गराएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा रहेका अन्य साथीहरुको पनि स्वाब परीक्षण गरिएको थियो । कूल १८ जनाको स्वाब टेस्ट गरिएकोमध्ये ८ जनामा संक्रमण पुष्टि भइसकेको छ । अन्य विद्यार्थीहरुमा पनि लक्षण देखिएको बताइन्छ ।
चैत पहिलो साताको परीक्षा प्रभावित
यसैबीच, त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाले चैत ३ गते सोमबारदेखि स्नातक तह सबै वर्षका दोस्रो खण्डको नियमित तथा पुनः परीक्षा सञ्चालन गरेको छ । विद्यार्थीहरुको निवेदन पत्र अनुसार पश्चिमाञ्चल क्याम्पसको छात्रावासमा रहेका आठ जना विद्यार्थीमा कोरोना संक्रमण र अन्यलाई पनि लक्षण देखिएको हुँदा परीक्षा महाशाखाले पश्चिमाञ्चल क्याम्पसको हकमा हाललाई परीक्षा स्थगित गरेको जनाएको छ ।
महाशाखाले चैत ३ देखि ८ गतेसम्मको सम्पूर्ण परीक्षा स्थगित गरेको सूचना प्रकाशन गरेको छ । चैत ९ गतेदेखिका परीक्षा भने पूर्व परीक्षा तालिका अनुसार नै सञ्चालन गरिने पनि प्रस्ट पारिएको छ । स्थगित परीक्षा सम्बन्धमा अर्को सूचना प्रकाशित गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।

परीक्षा स्थगन गर्न विद्यार्थीको माग
यसअघि, क्याम्पसका विद्यार्थीहरुले संस्थागत रुपमा विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको डरलाग्दो अवस्थामा विद्यार्थीहरुले परीक्षा दिन नसक्ने हुँदा स्थगन गर्न आग्रह गरेका थिए ।
अनेरास्ववियू क्रान्तिकारीका क्याम्पस कमिटि अध्यक्ष अंकित पौडेल, अनेरास्ववियूका अध्यक्ष भवसागर रानाभाट र नेवि संघका सभापति शंकर रिजालले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थिए ‘यस क्याम्पस कोरोनाको हटस्पट बनिसकेको देखिन्छ । यस स्थितिमा विद्यार्थीलाई परीक्षा दिन असहज परिस्थिति बनेको छ । तसर्थ कोरोनाको जोखिम र विद्यार्थीहरुमा परेको मानसिक असरलाई मध्यनजर गर्दै यस पश्चिमाञ्चल क्याम्पसमा परीक्षा दिन सक्ने वातावरण नरहेको कुरा प्रष्ट पार्दै कोरोनाको जोखिमलाई व्यवस्थापन गर्नका हेतु कम्तिमा दुई हप्ताको लागि परीक्षा सारिदिनहुन अनुरोध गर्दछौं ।’

सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध