वामदेवले ओलीलाई भने– बाम सरकार जोगाउन प्रचण्डसँग तुरुन्तै छलफल गर्नुस्

वामदेवले ओलीलाई भने– बाम सरकार जोगाउन प्रचण्डसँग तुरुन्तै छलफल गर्नुस्

bamdev_gautam

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अझै पनि वाम सरकार बचाउनुपर्ने बताएका छन् । आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने बताए ।

वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्ने गौतमले बताए । ‘वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्’, गौतमको सुझाव छ ।

एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि पनि वाम गठबन्धनको संभावना रहेको उनको भनाइ गौतमको भनाइ छ ।

गौतमले ओलीलाई पुनर्स्थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन सुझाव दिए । यी सवै शर्त पूरा गरेमा ओलीलाई साथ दिन आफू तयार भएको पनि उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ