नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कारवाही हुनुपर्ने बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि र पर्सि काठमाडौंमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन ललितपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन्।
कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो । उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो । नेकपा एमालेको विधानले त्यसलाई मान्यता दिँदैन । अदालतले एमालेलाई ब्यूँताइदिएर २०७५ जेठ २ मा पुर्याएको छ। त्यसलाई भुलेर अन्य गतिविधि गर्नु गलत हो ।
ती काम कारवाही योग्य छन् उनले भने, आफैँ गलत रुपमा उभिएको प्रधानमन्त्रीले कारवाही गर्छु भन्नु गलत हो। अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, कारवाहीको कुरा अनावश्यक रुपमा तर्साउने कुरा मात्रै हो ।
उनले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउन लागेको आरोप लगाए। हामीलाई एमाले फुटाउन लागेको भन्ने प्रधानमन्त्री आफैँले पार्टी विभाजनको आरम्भ ओलीले नै गरेको हो, उनले भने, पुराना काम कारवाही मान्य हुन्छ भनेर विभाजन थालेका हुन् । ओलीले पहिले नेकपालाई छिन्नभिन्न बनाए, अब एमाले पनि छिन्नभिन्न गर्ने योजनामा लागेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने