योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन् ।
बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए ।
भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’
उनले भोलिको कार्यक्रम प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रह गरेको छ ।
‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो । बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’
उनले आवेग र उत्तेजना गएर पार्टीमा देखिएको समस्या समाधान नहुने बताए ।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा आयोजना गरेको चियापानका क्रममा भोलिको कार्यक्रममा नजर लगाउने र सहभागी भएकालाई कारवाही गर्ने चेतावनी दिएका थिए ।
तर सचिव भट्टराईले कारवाही गरेर समस्या समाधान नहुने चेतावनी दिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने