बाँदर धपाउन उपकरण वितरण

बाँदर धपाउन उपकरण वितरण

monkey (1)

मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पुर्‍याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ ।ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।

गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए ।गाउँपालिकाले रु पाँच लाख बजेट छुट्याएको छ । पहिलो चरणमा २८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाईँले जानकारी दिए ।

उपकरण जीवजन्तुलाई तर्साउन÷डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरुलई सूचना प्रकाशितसमेत गरेको छ । उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईँले जानकारी दिए ।

गाउँपालिकाका आठ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समूह तथा कृषि फार्महरुले उपकरण माग गर्न सक्ने अधिकृत पुडासैनी बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds