गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रति लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गम्भीर आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा निर्मला पन्तको हत्याका विषयमा गम्भीर आरोप लगाएका हुन् ।
निर्मलाको बलात्कारपछि भएको हत्यामा गृहमन्त्री थापा संलग्न रहेकाले घटनाको सत्यतथ्य बाहिर ल्याउन निरीह बनेको आरोप संग्रौलाले लगाएका छन् । गृहमन्त्री थापाको संलग्नतालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्ल्याकमेलिङ गरिरहेको उनको आरोप रहेको छ । समयसंगै धेरै कुराहरु खुल्दै जाने तथा गृहमन्त्री थापाको सत्ता स्वार्थका सबै कुरा बाहिर आउने उनले बताएका छन् ।
‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा बादलको संलग्नताले उनी निरीह बने । उनको निरीहपनलाई केपी ओलीले ब्ल्याक्मेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समय क्रममा खुल्दै जाने छ ।’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते