तनहुँमा ट्रक दुर्घटना भएर आगलागी, दुई घाइते

तनहुँमा ट्रक दुर्घटना भएर आगलागी, दुई घाइते

truck accident

Photo : khabarpunja.com

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएर आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

मार्बल बोकेर आउँदै गरेको आरजे १४ जिजे ७१२६ नम्बरको प्लेटको ट्रक दुर्घटना भएर आगलागी भएको हो ।

अनियन्त्रित भएर सडक छेउमा ट्रक पल्टिँदा भएको आगलागी दमकल र प्रहरीको सहयोगले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । “आगलागी भएको खबर पाउनेबित्तिकै दश मिनेटमै आगो नियन्त्रणमा लिन सफल भएका छौँ”, प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भने । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

दुर्घटनामा चालक भारतको उत्तरप्रदेश निवासी ४१ वर्षीय अशोककुमार राजपूत र सहचालक सोही ठाउँ बस्ने २८ वर्षीय हरेन्द्रसिंह घाइते भएका छन् । उनीहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ