दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग ९१२ किमी० निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् ।
सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको लामाबगरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यसरी सडक यातायात चलेमा चीनसँग जोडिने छोटो मार्ग बन्ने छ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजनाअनुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने सो नाका खुलाउन लागिएको छ ।
दोलखाबाट भारत र चीनसँग जोड्ने सो नै उत्तम नाका हुने सूचना तथा सञ्चारमन्त्री गुरुङले बताउँदै आएका थिए । माथिल्लो तामाकोशीको मुखबाट शुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।
सो मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्स माथिको भागमा करीब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । सो सुरुङसँगै थप नौ किमी सडक निर्माण भएपछि मात्रै चीनसँग नाका जोडिने छ । सो मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडकका रुपमा लिन सकिने मन्त्री गुरुङले बताएका छन् ।
चीनको तिब्बतदेखि भारतको भिठामोडसम्मको सो सडक निकै छोटो दूरीको हुने भएकाले दुवै देशका सामान लैजान र ल्याउन समेत सहज हुनेछ । भारतको सिमानादेखि लामाबगरसम्म पक्की सडक निर्माण यसअघि नै भएकाले लामाबगरदेखि लप्ची र चीनको नाकासम्म सडक जोड्न बाँकी रहेको स्थानीयवासीले बताएका छन् ।
लप्चीदेखि तिब्बतको फलाकसम्मको १२ किमी सडक निर्माणपछि चीनको सिमानासम्म गाडीमा पुग्न सकिन्छ । यसअघि नै सडक डिभिजन कार्यालय दोलखाले ठेक्का लगाएर तीन किमी ट्र्याक खोलिसकेको छ । राजमार्ग निर्माणपछि भिठामोडदेखि फलाकसम्म मोटरमा पुग्न सकिने छ । यसबाट भारत र चीनसँग जोडिने उत्तर –दक्षिण राजमार्ग तयार हुनेछ ।
जैसीका अनुसार यस वर्ष तीन सुरुङमार्गको अध्ययन शुरु भइरहेको छ । सो राजमार्ग काठमाडौँ –निजगढ दुर्तमार्ग अन्तर्गत पर्छ । अन्य १७ सुरुङमार्ग अध्ययन सकिने अवस्थामा पुगेको बताइएको छ । सुरुङमार्ग निर्माणमा खर्च धेरै लाग्ने भए तापनि दूरीको हिसाबले छोटो हुने भएकाले सङ्घीय सरकारले यस प्रकारका सडक निर्माण गरी समय र आर्थिक भार कम गर्न सके देश विकासमा टेवा पुग्ने स्थानीयवासी बताउँछन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते