काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट पार्टी फुट्यो भन्दैमा मात्तिन नहुने बताएका छन्। नेता पौडेलले काँग्रेस नेताहरुमा आत्तिने र मात्तिने बानी भएको उल्लेख गर्दै यस्तो काम नगर्न सुझाव दिए।
सोमवार पर्वतको कुश्मामा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेसले लड्नुपर्ने एमाले रहेको उल्लेख गर्दै एमाले नफुटेको बताए।
‘कम्युनिस्ट मिल्दा हामी आत्तियौं। अहिले कम्यनिस्ट फुट्यो भनेर मात्तिने बेला भएको छैन। कम्युनिस्ट फुटेको छैन। एकै छ,’ पौडेलले भने, ‘एकै कुरा हामीले लड्ने एमालेविरुद्ध हो, एमाले फुटेको छैन।
उनले पार्टी बलियो बनाउन नेताहरु आफै अघि सर्नुपर्ने बताए। यसका लागि पार्टीलाई कतिको सुरक्षित राखेको छ भन्ने विषयमा समीक्षा हुनुपर्नेमा पौडेलको जोड रह्यो।
‘आफ्नै घर बलियो बनाउने कुरा गरौं। झ्यालढोका ठीक राखौ। धुरी छानो ठीक राखौं। हामीले हाम्रो पार्टीलाई कति सुरक्षित राखेका छौं त्यो पनि समीक्षा गर्नैपर्छ,’ पौडेलले थपे, ‘पार्टीका साथीहरुले काम्लामा सातु मुछेर काम छैन।’
यसैगरी उनले पार्टीमा करेक्सन गर्ने हिम्मत नेतृत्वमा हुनुपर्ने तर्क राखे। पौडेलले भने, ‘पार्टी सुध्रिने हो भने कहाँ कहाँ गलत स्टेप भए? कहाँ गलत चरित्र प्रदर्शन भए तिनलाई करेक्सन गर्ने हिम्मत हामीले राख्नुपर्छ।’
सरकार परिवर्तनका लागि सभापति शेरबहादुर देउवालाई आफूले सुझाव दिइसकेको पौडेलको भनाई थियो। उनले भने, ‘सभापतिलाई भनेको छु – तपाईँ नै भएर होस् या अरुलाई बनाएर भने पनि ओलीलाई हटाइहाल्नुस् भनेको छु।’
आफू प्रतिनिधि सभा विघटनको विरुद्धमा उभिएको र काँग्रेसकै कारण पुनर्स्थापना भएको पौडेलको दाबी रह्यो। अबको सरकारमा देउवाले नेतृत्व सम्हाल्ने मौका आएको दोहोर्याउँदै पार्टीमा भने लथालिंग अवस्था भएको गुनासो उनको थियो।
सम्बन्धित खबर
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध