ओलीको बैठक एमालेको होइन ‘बा-माले’ को: रावल

ओलीको बैठक एमालेको होइन ‘बा-माले’ को: रावल

Jhapat-Rawal

काठमाडाैं- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद झपट रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गरेका बैठक एमालेको नभई ‘बा-माले’को भएको आरोप लगाएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षसँग गरेको छलफललाई आफ्ना केन्द्रीय सदस्य र सांसदलाई नेपाल पक्षले जानकारी गराएको थियो। नयाँ बानेश्वरस्थित एक होटलमा भएको ब्रीफिङपछि निस्किएका सांसद रावलले भने, ‘बालुवाटारमा बसेको बैठकको जानकारी मलाई हुनुपर्ने हो। म केन्द्रीय सदस्य हुँ। बालुवाटार बैठक बसेको मैले थाहा पाइनँ।’

पदाधिकारी र वरिष्ठ नेताहरुलाई समेत बालुवाटारमा बैठक बस्ने जानकारी नदिइएको उनले बताए। पदाधिकारीमा जम्मा तीन जनाले मात्रै थाहा पाएको बैठक आधिकारिक हुन नसक्ने उनको जिकीर छ।

केन्द्रीय सदस्यहरुको पूर्ण बैठक नभएकाले त्यसलाई आधिकारिक बैठक नभएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले गरेका निर्णय नेकपा एमालेले चिन्दैन। विधानले नचिनेको कुरालाई कसले कहाँ के गर्‍यो त्यसको अर्थै रहँदैन।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ