पछिल्लो २४ घण्टामा थप ७९ जनामा संक्रमण पुष्टि, ७५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७९ जनामा संक्रमण पुष्टि, ७५ जना संक्रमणमुक्त

Corona update 3

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ ।

हाल देशभर ८९५ जना आइसोलेसनमा र ४४ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ