ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ ।
आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।
अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ ।
त्यस्तै पार्किङ निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, सवारी साधन दुर्घटना गराउने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने तथा मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरूप परिवर्तन गरी चलाउने, ट्राफिक चेकिङबाट दोषी देखिएका सवारी साधनका चालक तथा सहचालकलाई उनीहरूको कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनुपर्ने व्यवस्था मिलाइएको श्रीमलले बताए ।
अभियानअन्तर्गत आइतबारमात्रै चितवन जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ४२ चालक-सहचालकलाई तीन घण्टा ट्राफिक शिक्षा प्रदान गरिएको भन्दै यसलाई नियमितरुपमा सञ्चालन गर्ने उनले बताए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने