पोखरामा अवैधरुपमा चन्दा उठाएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको नयाँगाउँस्थित मितेरी पुलबाट चन्दा उठाउने रसिद सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
उनीहरुले रौतहटको टासी छोग्याल गुम्बा र गजुरा नगरपालिका कटानीको रसिदबाट पोखराका विभिन्न ठाउँमा चन्दा उठाउँदै हिँडेका भन्ने सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका स्थाई घर भई पोखराको पृथ्वी चोकमा बस्दै आएका निमा तामाङ, पदमबहादुर लामा, धनबहादुर लामा, विजय लामा र जितबहादुर थिङ रहेका छन् ।
लामा पोसाकमा गुम्बाको रसिद लिई चन्दा उठाई हिँडिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
उनीहरुको साथबाट चन्दा बापत उठाएको ४२ हजार ४९१, गुम्बाका नाममा बनाइएको १२ थान रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टर, मोवाइल सेट ७ थान बरामद गरेको प्रवक्ता हमालले बताए ।
पक्राउ परेका पाँचै जनालाई ठगी सम्बन्धी कसुर अन्र्तगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन