एमाले कार्यालय धुम्बाराहीमा ओली र नेपाल आमनेसामने, चार महिनापछि संवादहीनतामा ब्रेक

एमाले कार्यालय धुम्बाराहीमा ओली र नेपाल आमनेसामने, चार महिनापछि संवादहीनतामा ब्रेक

uml baithak (1)

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् । चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।

माओवादीसँगको एकतालाई सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओली र माधव नेपाल समूह पहिलोपटक छलफलमा जुटेको हो। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अस्तित्वमा नरहेको अदालतको आदेश पछि एमाले र माओवादीका नेता आ-आफ्नै पुरानो पार्टीमा फर्किएका थिए। नेपाल समूह एमालेमा फर्किएसँगै एमाले भित्रको विवाद चर्किएको हो।

शुक्रवार ओलीले आफ्नो समूहको बैठक राखेर नेपाल समूहका नेतालाई पदमुक्त गरेका थिए। नेपाल समूहले भने चैत ४ र ५ गतेका लागि भेला बोलाएको छ। ओलीले पनि चैत ७ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ