प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

prades_1

प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds