काठमाण्डौ -अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ । आइतबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल आज (मार्च) ६९.२२ डलर पुगेको छ । १५ दिन अगाडि यस्तो मूल्य ६२.४६ डलर थियो । यो अवधिमा मात्रै मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको देखिएको हो ।
नेपालमा पछिल्लोपटक फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजना भएको थियो । १५/१५ दिनमा मूल्य बढाउने व्यवस्था अनुसार मंगलबार भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाउँछ । सोही सूचीलाई आधार बनाएर नेपाल आयल निगमले नयाँ मूल्य तोक्ने गर्छ ।
यद्यपि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दा १५ दिनमा पेट्रोल, डिजेल, मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ भन्दा बढी मूल्य बढाउन पाइँदैन । अन्तराष्ट्रिय बजारमा १० प्रतिशत मूल्य बढाइएको अवस्थामा यो प्रणाली अनुसार मूल्य बढाउने हो भने घाटा झनै बढ्ने निगमले जनाएको छ ।
एकैचोटी उच्च मूल्यवृद्धिको संकेत
सरकारदेखि नेपाल आयल निगमसम्मले एकैचोटी ठूलो मूल्यवृद्धि हुनसक्ने संकेत गरिसकेका छन् । अघिल्लो साता आयल निगमको कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले मूल्य बढाएरै भए पनि निगम घाटामा जान नहुने भन्दै उच्च मूल्यवृद्धि गर्न निगम सञ्चालक समितिलाई अनुमति दिने संकेत गरेका थिए ।
उता निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा निगमको कुनै पनि भूमिका नरहने भन्दै निगम घाटामा जान नहुने बताएका थिए । उनले अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य बढाउनुपर्ने भन्दै घाटा धान्नसक्ने अवस्था नभएको भन्दै सोही अनुसार मूल्य निर्धारण हुनसक्ने सकेत गरेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते