मालपोत कार्यालयमा बम विष्फोट, आधा दर्जन घाइते

मालपोत कार्यालयमा बम विष्फोट, आधा दर्जन घाइते

jhapabam bispot

सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।

आइतबार दिउँसो करिब पौने १ बजेतिर भएको बम विष्फोटनमा परी आधार दर्जन मानिस घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलापा प्रहरी कार्यालयका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।

उनका अनुसार आधा दर्जन घाइते भएको भनिएपनि घाइते भएकाको संख्या अझै यकिन भइसकेको छैन ।

विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् । प्रहरीका अनुसार विष्फोट भएको बम कुकर बन हुनसक्ने प्रहरीको अनुमान छ ।

आगो निभाउन लहान नगरपालिकाका वारुण यन्त्र घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ