म्याग्दीको सदरमुकाम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिर–लभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।
पछिल्लो समय निकै चर्चामा आएको प्रसिद्ध पर्यटकीयस्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि वडा नं २ भकुण्डेचौरस्थित वडा कार्यालयसम्म विस्तार गरिने वडाध्यक्ष हिराबहादुर थापाले बताए।
अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभिर–लभ्लीहिल खण्डमा १८७ थान ग्याविन जाली, ४२० मिटर पक्की नाली, एक ठाउँमा क्रस र तीन हजार २०० मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी नीरज भण्डारीलाई जिम्मा दिइएको छ ।
विसं २०६७ मा ट्रयाक खुलेको साढे सात किमी दूरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि सडकको स्तरोन्नति हुन सकेको थिएन ।
पटक–पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसकेका स्थानीय बासिन्दाको भनाइ छ ।
यसपटक भने नाली निर्माण र ग्याविन पर्खालसहित स्तरोन्नतिको काम थालिएकाले स्थानीयवासी आशावादी बनेका छन् । सो सडकको स्तरोन्नति भएपछि पर्यटकीयस्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो